२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारणले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
भोलि बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
भारी वर्षा, मेघगर्जन र चट्याङ्ग ,गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij