Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, नवलपरासी र रुपन्देहीमा बाढी र डुबानको जोखिम

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, नवलपरासी र रुपन्देहीमा बाढी र डुबानको जोखिम


  • 2.7K
    Shares

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, नवलपरासी र रुपन्देहीमा बाढी र डुबानको जोखिम

    देशभर आंशिकदेखि सामान्य बदली  रही गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा  बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

    आइतबार पनि देशभर  आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना  रहेकोले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ  भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

    पछिल्लो ६ घण्टामा नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही जिल्ला र आसपास भारी वर्षा भएको छ।

    जसका कारण सो जिल्ला भई बहने खोला/नदीमा बाढी आउने तथा होचा स्थान डुबानमा पर्नसक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका  बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना गरेको छ। 

    हेर्नुहोस् सूचना

     

    प्रकाशित मिति :आषाढ १६ २०८० शनिवार - ०८:२४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij