Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंकद्वारा साथ हकुना मटाटालाई आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा साथ हकुना मटाटालाई आर्थिक सहयोग


  • 2.2K
    Shares

    सिटिजन्स बैंकद्वारा साथ हकुना मटाटालाई आर्थिक सहयोग

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साथ हकुना मटाटालाई आर्थिक सहयोग गरेको छ । 

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको साथ हकुना मटाटालाई आर्थिक सहयोग गरेको हो ।

    बैंकले साथलाई एक लाख बत्तिस हजारको चेक हस्तान्तरण गरेको छ । साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दछ । जहाँ आर्थिक रूपमा बिपन्न र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ । 

    बचत खाता खोलि वार्षिक रूपमा निश्चित रकम जम्मा गर्ने गर्दछ । सोही रकमबाट उक्त बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगयतका अवश्यक क्षेत्रमा प्रयोग गर्दछ ।

    एक समारोहकाबीच बैंकले एक लाख बत्तिस हजारको चेक साथका कार्यक्रम प्रबन्धक समिक्षा शर्मालाई हस्तान्तरण गरेको छ । साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कार्यक्रम प्रबन्धक समिक्षा शर्माले जानकारी दिईन् ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - १४:४३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij