Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 7.6K
    Shares

    आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा बिहीवार पनि सुनको मूल्य ओरालो लागेको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ रू ५०० ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू ८९ हजार ३०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ८९ हजार ८०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू ५०० ले घटेको हो ।

    त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ८८ हजार ८५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू ८९ हजार ३५० मा कारोबार भएको थियो । 

    यस्तै, बिहीवार चाँदीको मूल्य भने बढेको छ । बुधवार प्रतितोला रू एक हजार ३४५ मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू एक हजार ३५५ खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू १० ले बढेको हो ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - ११:३४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij