२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज ललीता निवास प्रकरणमा जोडिएका आधा दर्जन मानिसहरुलाई पक्राउ गरेको छ ।
उक्त प्रकरणमा जोडिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेपछि यस प्रकरणमा संलग्न मालपोतका कर्मचारीहरुलाई पनि पक्राउ गरिएको छ । दिउसोसम्म ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा गुरुङबाहेक डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, खरदार गोपाल कार्की, सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम छन् ।
यस प्रकरणमा पूर्वप्रधानमन्त्री द्धय माधव नेपाल, बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु बिष्णु पौडेल, विजय गच्छदार, डम्बर श्रेष्ठ, छविराज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख दीप बस्न्यात, न्यायाधीश कुमार रेग्मी, पूर्वमुख्य सचिव लीलामणि पौडेल, भूमाफियाहरु शोभाकान्त ढकाल, मीनबहादुर गुरुङ सहित डेढ सय जनाको संलग्नता रहेको अनुसन्धानबाट देखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij