२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरी अर्को योजना संचालनमा ल्याएको हो । अब डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना टिभि हेर्न पाईने भएको छ ।
यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।
विगत १४ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन कम्पनीले सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ। जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij