Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आज मनसुनी वायुको प्रभाव : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज मनसुनी वायुको प्रभाव : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


  • 3.0K
    Shares

    आज मनसुनी वायुको प्रभाव :  यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आँशिकदेखि सामान्य बदली  रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

    आज सोमबार देशभर सामान्य बदली रहनेछ।  कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    त्यस्तै, भारी वर्षा र मेघगर्जन र चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

     

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - ०९:१६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij