Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आजको मौसम : यी प्रदेशहरूमा अत्याधिक बर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

आजको मौसम : यी प्रदेशहरूमा अत्याधिक बर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह


  • 4.3K
    Shares

    आजको मौसम : यी प्रदेशहरूमा अत्याधिक बर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा अनुसार देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली  रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

    आज शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम  प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

    कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। 

    भारी वर्षा र मेघगर्जन र चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने विभागले जनाएको छ । 

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - ०९:१५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij