Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आजको मौसम : मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना


  • 4.8K
    Shares

    आजको मौसम : मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। 

    कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा  बागमती,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    मेघगर्जन र चट्याङ्ग, बाढी, पहिरो भूक्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - ०९:१९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij