२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । बुधबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार प्रतितोला एक हजार एक सय रुपैयाँले बढेर ९० हजार १०० रुपैयाँ पुगेको छापवाल सुन आज ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८९ हजार ८०० रुपैयाँ रहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको मूल्यमा समेत गिरावट आएको छ । हिजो प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij