Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यामाहा, बजाज, टीभीएस र सुजुकीको प्रतिस्पर्धी ४ मोटरसाइकल, मूल्यमा यति धेरै फरक

यामाहा, बजाज, टीभीएस र सुजुकीको प्रतिस्पर्धी ४ मोटरसाइकल, मूल्यमा यति धेरै फरक


  • 6.9K
    Shares

    यामाहा, बजाज, टीभीएस र सुजुकीको प्रतिस्पर्धी ४ मोटरसाइकल, मूल्यमा यति धेरै फरक
    images

    काठमाडौं । यामाहा, बजाज, टीभीएस र सुजुकीले विक्री गर्दै आएका १५० सीसी सेग्मेन्ट अन्तर्गतका यामाहा एफजेडएस भी थ्री, बजाज पल्सर एनएस १६०, टीभीएस आरटीआर १६० फोर भी र सुजुकी जिक्सर १५० एबीएस फिचर उपलब्ध मोटरसाइकल हो ।

    बजारमा एबीएस (एन्टी लक ब्रेकिङ सिस्टम) सिस्टम भएका मोटरसाइकलको माग उच्च भएसँगै कम्पनीहरुले एबीएससहित मोटरसाइकल बजारमा उपलब्ध गराएका छन् । यो सेग्मेन्टमा एबीएस फिचर दिएर सबैभन्दा पहिला यामाहाले एफजेडएस भी थ्री बजारमा ल्याएको हो भने त्यसपछि सुजुकी जिक्सर १५०, पल्सर एनएस १६० र केहि महिनाअघि टीभीएस अपाचे आरटीआर १६० फोर भीमा एविएस फिचर उपलब्ध भएको हो ।

    यी ४ वटै मोटरसाइकलमा डबल डिस्क ब्रेक र सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ । यामाहा एफजेड भि थ्रीमा १४९ सीसी, पल्सर एनएसमा १६० सीसी, जिक्सरमा १५५ सीसी र टीभीएस अपाचे १६० फोर भीमा १५९.७ सीसी क्षमताको इन्जिन दिइएको छ ।

    चारवटा मोटरसाइकलमा सबैभन्दा पावरफुल इन्जिन अपाचे १६० फोर भीमा रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम ८ हजार आरपीएममा १६.५ पीएस पावर र ६५०० आरपीएममा १४.८ एनएम टर्क प्रदान गर्छ ।

    त्यसपछि एनएस १६० आउँछ । एनएस १६० मा रहेको इन्जिनले अधिकतम ८५०० आरपीएममा १५.१ पीएस पावर प्रदान गर्छ । साथै, जिक्सरमा रहेको इन्जिनले १४ पीएस र एफजेड भि थ्रीले १३ पीएस पावर प्रदान गर्ने कम्पनीले दाबी गरेका छन् ।

    यी मध्ये एफजेड भी थ्री र जिक्सरमा एफआई इन्जिन रहेको छ भने, एनएस १६० र आटीआर १६० फोर भीमा कार्बुरेटर इन्जिन पाउन सकिन्छ । एनएस १६०, आरटीआर १६० र जिक्सरमा १२ लिटर तथा एफजेड भी थ्रीमा १३ लिटर क्षमताको फियुल ट्याङ्की दिइएको छ ।

    पल्सर एनएस १६०, अपाचे आरटीआर र जिक्सरमा वेट मल्टीप्लेट क्लच दिइएको छ भने एफजेड भी थ्रीमा वेट मल्टी डिस्क ब्रेक दिइएको छ । यी चार वटै मोटरसाइकलमा ५ स्पीड गियरबक्स उपलब्ध रहेको छ ।

    चालकलाई सहज यात्रा गर्न सहयोग पुर्याउन चार वटै मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क दिइएको छ भने पछाडि एफजेड भी थ्री र जिक्सरमा स्वीङआर्म, अपाचे १६० फोर भीमा मोनोशक तथा एनएसमा निट्रोक्स मोनोशक सस्पेन्सन दिइएको छ ।

    सबै मोटरसाइकलमा फियुल गज, पिलियन सिट, पिलियन ग्राबरेल, घडी, ट्रीप मिटर काउन्ट, पासलाईट जस्ता समान विशेषता रहेका छन् । तर, टीभीएस अचापे १६० फोर भीमा भने कनेक्ट फिचर पाउन सकिन्छ । यो सेग्मेन्टमा नै कनेक्ट फिचर भएको यो एउटा मात्रै मोटरसाइकल हो ।

    मूल्य

    नेपाली बजारमा उपलब्ध यी चार मोटरसाइकल मध्य सबैभन्दा सस्तो मोटरसाइकल पल्सर एनएस १६० हो । एचएच बजाजले विक्री गर्दै आएको यो मोटरसाइकलको मूल्य ३ लाख २ हजार ९०० रुपैयाँ तोकिएको छ ।

    त्यसपछि अर्को कम मूल्यमा किन्न सकिने टीभीएस अपाचे १६० फोर भी हो । जगदम्बा मोटर्सले विक्री गर्दै आएको यो मोटरसाइकलको मूल्य ३ लाख १३ हजार ९०० रुपैयाँ रहेको छ ।

    त्यसैगरी सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले जिक्सर १५० को मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकेको छ भने, यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज्ले एफजेड भी थ्रीको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको छ ।

    कम्पनीको स्कीम

    फरक फरक कम्पनीले आफ्ना ग्राहकलाई फरक स्कीममा मोटरसाइकल उपलब्ध गराउँदै आएका छन् । कम्पनीहरुले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई व्याज नलाग्ने स्कीमदेखि ३० प्रतिशत र ४० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई १३ देखि १५ प्रतिशतसम्म व्याजदरमा मोटरसाइकल उपलब्ध गराउँदै आएका छन् ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - २१:१९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij