Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कर्णाली प्रदेश सरकारले आज बजेट ल्याउँदै

कर्णाली प्रदेश सरकारले आज बजेट ल्याउँदै


  • 2.2K
    Shares

    कर्णाली प्रदेश सरकारले आज बजेट ल्याउँदै

    वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिंदै छ। आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले बजेट प्रस्तुत गर्ने जनाइएको छ। त्यसका लागि आज अपरान्ह ३ बजे संसद बैठक बोलाइएको छ।

    बजेट संसदमा प्रस्तुत हुनुपूर्व मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुपर्ने व्यवस्था छ । बजेट पारित गर्नका लागि आजै दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले बताए ।

    चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने जनाइएको छ । चालु आर्थिक वर्षमा ३२ अर्ब ७४ करोड नौं लाखको बजेट ल्याइएको थियो ।

    संघीय सरकारबाट कर्णाली प्रदेशका लागि १६ अर्ब २७ करोड ३९ लाख वित्तिय हस्तान्तरण गरिएको छ । बजेट गत वर्षको तुलनामा यो वर्ष कम हो । संघीय बजेट कम भए पनि राजश्वको लक्ष्य बढाएर बजेट ल्याउन लागिएको आर्थिक मामिला मन्त्रालय स्रोतले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १०:५८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij