Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नेपालमा मनसुनी प्रणाली प्रभाव: आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा बर्षाको सम्भावना कस्तो छ ?

नेपालमा मनसुनी प्रणाली प्रभाव: आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा बर्षाको सम्भावना कस्तो छ ?


  • 3.8K
    Shares

    नेपालमा मनसुनी प्रणाली प्रभाव: आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा बर्षाको सम्भावना कस्तो छ ?

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ । बाँकी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिदै देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । 

    कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। 

    तसर्थ, अत्याधिक गर्मी, मेघ–गर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ । 

    कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ –गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसोः कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    रातीः कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

    कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

    प्रकाशित मिति :जेठ ३२ २०८० बिहिवार - ०९:२८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij