Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मोटर जोड्ने क्रममा करेन्ट लागेर १ युवाको मृत्यु

मोटर जोड्ने क्रममा करेन्ट लागेर १ युवाको मृत्यु


  • 3.0K
    Shares

    मोटर जोड्ने क्रममा करेन्ट लागेर १ युवाको मृत्यु

    विराटनगर । कलमा मोटर जोड्ने क्रममा करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु भएको छ।  मोरङको ग्रामथान गाउँपालिका–५ भङ्साबारीमा सोमबार दिउँसो १ जनाको मृत्यु भएको हो । 

    विद्यानन्द ठाकुरको घरमा नयाँ कल गाडेर मोटर जोड्ने क्रममा करेन्ट लाग्दा ग्रामथान–३ का अन्दाजी ४६ वर्षीय सिरु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दिउँसो २ बजेतिर करेन्ट लागेर माझी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी उनले दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


     

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १५:१९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij