Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंकद्वारा अर्ली चाइल्डहुडलाई सेनेटरी प्याडका साथै सेनेटरी भेन्डिङ मेसिन सहयोग

सिटिजन्स बैंकद्वारा अर्ली चाइल्डहुडलाई सेनेटरी प्याडका साथै सेनेटरी भेन्डिङ मेसिन सहयोग


  • 2.6K
    Shares

    सिटिजन्स बैंकद्वारा अर्ली चाइल्डहुडलाई सेनेटरी प्याडका साथै सेनेटरी भेन्डिङ मेसिन सहयोग

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर लाई दुई वर्षको सेनेटरी प्याडका साथै तीनवटा सेनेटरी भेन्डिङ मेसिन वितरण गरेको छ । 

    बिगत १७ वर्ष देखी निरन्तर उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइराहेको यस सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्षको सेनेटरी प्याडका साथसाथै तीनवटा सेनेटरी भेन्डिङ मेसिनहरू उपलब्ध गराएको हो । 

    बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उदेश्यले गैर नाफामूलक संस्थाकि संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समरोहका बिच सो सामाग्री हस्तान्तरण गरको हो । 

    सोही कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउदै सोही  उदेश्यले सिटिजन्स  बैंक इन्टरनेशनलले सहयोग प्रदान गारेकोमा धन्यवाद ज्ञापन गरे । 

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा  स्वस्थ शिविर सन्चलन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ । 

    हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १४:२८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij