२०८२ फाल्गुण २३ गते शनिवार
भारतको ओडिशा राज्यको बालासोरमा २ जुनमा २८८ जनाको ज्यान जाने गरी घटेको रेल दुर्घटनाको अनुसन्धानका लागि केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) ले ५ जनालाई नियन्त्रणमा लिएको छ।
ब्युरोले आइतबार एक रेलवे अधिकृतसहित ५ जनालाई हिरासतमा लिएर अन्य व्यक्तिसँग पनि सोधपुछ गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। केन्द्रीय ब्युरोले सहायक स्टेसन मास्टर र गेट म्यानलाई समेत सोधपुछ गरेको छ।
अनुसन्धानमा प्रत्यक्ष र अप्रत्यक्ष जिम्मेवारीमा रहेका ९ अधिकारीलाई सीआईबीले नजर राखेको छ। बहानागा बजारस्थित प्रहरी चौकी सिल गरेर त्यहाँ अनुसन्धान टोलीले नमुना संकलन गरिरहेको छ। सीबीआईले उक्त स्टेसनमा तत्कालका लागि कुनै पनि रेललाई रोक्न रोक लगाएको छ।
दक्षिण-पूर्वी रेलवेका प्रमुख जनसम्पर्क अधिकारी (सीपीआरओ)ले शनिबार अर्को आदेश नआएसम्म कुनै पनि रेल बहनगा बजार रेलवे स्टेशनमा रोक्न रोक लगाइएको बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij