Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

विमान दुर्घटनाको ४० दिनपछि अमेजन जङ्गलबाट चार बालबालिकाको जीवितै उद्धार

विमान दुर्घटनाको ४० दिनपछि अमेजन जङ्गलबाट चार बालबालिकाको जीवितै उद्धार


  • 3.1K
    Shares

    विमान दुर्घटनाको ४० दिनपछि अमेजन जङ्गलबाट चार बालबालिकाको जीवितै उद्धार
    images

    विश्वको सबैभन्दा घना र बाक्लो जंगल हो- अमेजन वर्षावन क्षेत्र ।  यो जंगलको ६० प्रतिशत क्षेत्र ब्राजिलमा र अन्य क्षेत्र कोलम्बिया, इक्वेडर, पेरु, भेनेजुयलालगायतका क्षेत्रमा पर्छ । ६७ लाख वर्ग किलोमिटरमा फैलिएको यो जंगल बाक्लो र घनासँगै उत्तिकै खतरनाक पनि छ । 

    यहाँ विषालु सर्प, भ्यागुता र किरा पाइन्छन् भने यस जंगलका बनस्पती र रुख पनि विषयुक्त हुन्छन् । त्यसमाथि यो जंगलमा अजिंगर र ज्याग्वारजस्ता जनावर पनि पाइन्छन् । यस जंगलमा एकैदिन बस्न पनि कठिन छ । यो जंगलमा प्रवेश गर्दा मानिसहरू हतियार र अन्य बन्दोबस्तीका साथ जानुपर्छ ।

    तर, अमेजन जंगलसम्बन्धी नै एउटा यस्तो घटना यतिबेला विश्वव्यापी बनेको छ, जसले सबैलाई आश्चर्य चकित बनाउँछ । वास्तवमा चार बालबालिकाले यो घना र डरलाग्दो जंगलमा ४० दिन बिताएका हुन् । न त उनीहरूसँग ठूला मान्छे थिए, न त उनीहरूसँग खाना र हतियार नै थियो । गत मे १ तारिखका दिन अराराकुयरादेखि काक्युटासम्म उडेको विमान विस्फोटन भएपछि उनीहरू विमानसँगै कोलम्बियास्थित अमेजन जंगलमा खसेका थिए । सो दुर्घटनामा ती चार बालबालिकाकी आमा र दुई पाइलटको घटनास्थलमै मृत्यु भयो । 

    तर, उनीहरू भने बाँचे । विमान दुर्घटना भएर जंगलमा बजारिँदा १३ वर्षे बालिका लेजलीसँगै ९, ४ र १ वर्षे उनका भाइबहिनीहरू जिवित्तै रहन सफल भए । पहिलो कुरा त बालबालिका विमान दुर्घटनामा भाग्यवश बाँचे, दोस्रो आश्चर्यको कुराचाहिँ उनीहरू ४० दिनसम्म डरलाग्दो अमेजन जंगलमा कसरी बाँचे ? सबैले यही प्रश्न गरिरहेका छन् । स्थानीयले भने यो घटनालाई चमत्कार भनेका छन् ।

    ती बालबालिकाहरू जब सेस्ना २०६ लाइट विमान दुर्घटनामा बाँच्न सफल भए । उनीहरूले ४० दिनसम्म जंगली फल खाएको खोजकर्ताहरूले बताएका छन् । उनीहरूले विमान दुर्घटनापछि विमानमै भएका पिठो, फलफूलका दाना पनि खाएको पाइएको छ । खोजकर्ताहरूले दुर्घटनास्थलमा शव भेटे पनि बच्चा भने भेट्न सकेका थिएनन् ।

    भूउपग्रह, हेलिकोप्टर, प्रशिक्षित कुकुरको सहयोगमा सेना र प्रहरीसँगै स्थानीय हुईटोटो आदिवासी समूहले महिना दिनसम्म बालबालिका खोजीमा सहयोग गरेका थिए । किनभने ती बालबालिका सोही आदिवासी समूहका हिस्सा थिए । बाँच्नका लागि बालबालिकाहरू जंगली फल, पात र पिठो खाँदै ४० दिनसम्म भौतारिएका थिए । 

    खोजकर्ताले बच्चाहरूका पाइला, टोकिएका जंगली फल पछ्याउँदै उनीहरूलाई काक्वेटा प्रान्तको जंगलमा भेट्न सफल भएका हुन् । हेलिकोप्टरबाट उद्धार गरेर उनीहरूलाई अस्पताल लगिएको थियो । उमेरमा सबैभन्दा जेठी १३ वर्षे लेजलीले आफ्ना तीन भाइबहिनीलाई बचाउन आफू पछाडि हिँडाएका रहेछन् । शनिबार मात्र उनीहरूलाई राखिएको सैन्य अस्पतालमा देश राष्ट्रपति गुस्ताभो पेट्रो र रक्षामन्त्री इभान भेलास्केज पुगेका थिए । जंगलमा आफ्ना भाइबहिनीलाई खाना दिएर बचाउन सफल भएपछि उनीहरूले लेजलीलाई स्याबासी दिए । 

    यतिबेला ती बच्चालाई उनीहरूका हजुरबुबा फेडेन्सियो भ्यालेन्सियाको जिम्मा लगाइएको छ । आफ्ना नातिनातिनाहरू जिवित्तै देखेपछि उनले ‘चमत्कार’ भएको प्रतिक्रिया दिएका छन् । उनीहरूको शरीरमा सामान्य चोटपटक मात्र लागेको छ । बीबीसीको सहयोगमा 

    Colombian (3).jpg

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १३:३२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij