Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

बिपरजोय चक्रवातले आगामी ६ घण्टामा भीषण रूप लिने

बिपरजोय चक्रवातले आगामी ६ घण्टामा भीषण रूप लिने


  • 3.3K
    Shares

    बिपरजोय चक्रवातले आगामी ६ घण्टामा भीषण रूप लिने
    images
    नयाँ दिल्ली । बिपरजोय चक्रवात आगामी ६ घण्टामा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ मा परिणत हुने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवाती आँधी बिपरजोयले जुन १५ सम्म पाकिस्तानको तटीय क्षेत्र र छेउछाउको सौराष्ट्र र कच्छसम्म निकै भीषण रूप लिएर पुग्न सक्छ ।
     
    पछिल्लो छ घण्टादेखि पाँच किलोमिटर प्रतिघण्टाको गतिमा आँधी चलिरहेको छ । तर अबको केही समयमा यसका कारण अरब सागरमा १५५ देखि १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्छ । अगाडि बढ्दा हावाको गति १९० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ ।
     
    केही दिनयता अरब सागरमा ‘साइक्लोनिक एक्टिभिटी’ देखिएको छ । बिस्तारै बलियो बन्दै गएको बिपरजोय चक्रवात आगामी दिनमा गुजरातको तटीय क्षेत्र नजिक आउनेछ । आँधीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै भारतीय मौसम विज्ञान विभागले गुजरातको तटीय क्षेत्रका माछा मार्नेहरूका लागि एडभाइजरी नै जारी गरेको छ। जुन १५ सम्म पश्चिम–मध्य अरब सागर र जुन १२ देखि १५ सम्म उत्तर अरब सागर र छेउछाउको मध्य अरब सागरमा माछा मार्न नजान आग्रह गरिएको छ ।
     
    सौराष्ट्र र कच्छमा, माछा मार्नेहरूलाई जून १५ सम्म तटबाट टाढा रहन सल्लाह दिइएको छ। आगामी चार दिनको पूर्वानुमान अनुसार चक्रवातका कारण गुजरातको तटीय क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यससँगै आगामी पाँच दिनसम्म सौराष्ट्र–कच्छ र दिवका सबै जिल्लामा ३० देखि ५० किलोमिटरको गतिमा हावा चल्ने छ । बीबीसी हिन्दी

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १०:२६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij