२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । संघीय संसदअन्तर्गत आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल हुनेछ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरूले बजेटबारे उठाएका प्रश्नको जवाफ दिनेछन् । प्रतिनिधिसभा बैठकमा अघिल्लो सोमबारदेखि बजेटमाथि छलफल चलिरहेको छ ।
त्यस्तै, सम्भावित कार्यसूचीमा विनियोजन विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूची छ। आजै अर्थमन्त्री डा.महतले विनियोजन विधेयक, २०८० प्रस्तुत गर्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij