Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नबिल बैङ्क र ल्याण्डमार्क होटलबिच छुटको लागि सम्झौता, ग्राहकहरूलाई छुट सुविधा 

नबिल बैङ्क र ल्याण्डमार्क होटलबिच छुटको लागि सम्झौता, ग्राहकहरूलाई छुट सुविधा 


  • 2.3K
    Shares

    नबिल बैङ्क र ल्याण्डमार्क होटलबिच छुटको लागि सम्झौता, ग्राहकहरूलाई छुट सुविधा 

    काठमाडौँ । नबिल बैङ्कले ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ । आफ्ना ग्राहकहरूको सुबिधालाई ध्यानमा राखेर बैङ्कले होटलसँग उक्त सम्झौता गरेको हो । 

    सम्झौता अन्तर्गत नबिल बैङ्कका ग्राहकहरूले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौँ, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    ग्राहकहरूले नबिल बैङ्कको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ । हालसम्म नबिल बैङ्कले २५५ शाखामार्फत बैङ्किङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १४:४१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij