२०८२ फाल्गुण २३ गते शनिवार
भारतको बिहारमा एक नवविवाहित युवक बिहे गरेको तेस्रो दिनमै आफ्नै पत्नीको योजनामा मारिएका छन्। बिहारस्थित गयाको लकडाही गाउँका अशोक कुमार आफ्नै नवविवाहित दुलही रेवती कुमारीको षड्यन्त्रमा मारिएका हुन्।
उनीहरूबीच गत मे २९ मा विवाह भएको थियो। मे ३१ देखि अशोक एकाएक बेपत्ता भएका थिए। सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि अशोक नभेटिएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले खोजबिन गर्दा यही जुन १ तारिखका दिन अशोक धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परे।
अनुसन्धानका क्रममा प्रहरीले बेहुली रेवतीको अर्कै पुरुष उपेन्द्र यादवसँग अवैध सम्बन्ध रहेको र यो कुरा आफ्ना पतिले थाहा पाएपछि उनले हत्याको योजना बनाएको खुलासा भएको हो। रेवतीकै योजनामा उनका प्रेमी उपेन्द्रले अशोकको हत्या गरेको प्रहरीले जनाएको छ। एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij