Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने, विक्री प्रबन्धकमा हिमालयन क्यापिटल

सिटिजन्स बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने, विक्री प्रबन्धकमा हिमालयन क्यापिटल


  • 2.4K
    Shares

    सिटिजन्स बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने, विक्री प्रबन्धकमा हिमालयन क्यापिटल

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बन्धी आज बैंक र क्यापिटलबीच सम्झौता भएको हो ।

    सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् । उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

    बैंकले दश वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्न लागेको हो । बैंकले एक हजार रुपैयाँ अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण पत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकका लागी हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - १५:३०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij