२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब क्यासब्याक पाउन सकिने भएको छ ।
आइएमई पेमार्फत इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (एक हजार रुपैयाँसम्म) क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।
वैशाख १४ देखि साउन ३१ सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सकिने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij