Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंक र नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच सम्झौता, ग्राहकले ३० प्रतिशतसम्मको छुट पाउने

सिटिजन्स बैंक र नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच सम्झौता, ग्राहकले ३० प्रतिशतसम्मको छुट पाउने


  • 1.8K
    Shares

    सिटिजन्स बैंक र नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच सम्झौता, ग्राहकले ३० प्रतिशतसम्मको छुट पाउने

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टर प्रा.लि. बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिन बैंक र मल्टीप्लेक्स सेन्टरबीच सम्झौता भएको हो । 

    उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम, जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्म इफेक्ट, भिआर गेमिङ जोन, फेड हुड, ब्लायक रोज, डि डा कलेक्सन, माहा ज्वलरी, बेन्चमार्क, आशिका मेकअप स्टुडियो, जंगल रेस्टुरेन्ट, अटायर फर यू, डाँफे र श्यामाज र्हबल ब्यूटी सलुन एण्ड टेनिङ्ग सेन्टर गरी १८ वटा पसलहरूमा ३० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । 

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । 

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १४० वटा ए.टि.एम.,६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।  

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - १५:५३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij