Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जिपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

जिपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु


  • 2.1K
    Shares

    जिपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    चितवन । भरतपुर महानगरपालिका-१५ जानकीचोकमा सोमबार दिउँसो जिपसँग ठोक्किँदा मोटरसाइकल चालकको निधन भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा भरतपुर-१५ का ५० वर्षीय विरेन्द्र राउत रहेका छन् ।

    राउतले चलाएको बा ८५ प ३६२७ नम्बरको मोटरसाइकल दिउँसो साढे तीन बजेतिर ना ३ च ११९ नम्बरको जिपसँग ठोक्किएको थियो । राउतको शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

    मोटरसाइकलपछाडि बसेका ४१ वर्षीय राजकुमार नेपाली सामान्य घाइते भएका थिए । राउत र नेपाली दुवैजनाको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा दिउँसो सवा चार बजेतिर वीरेन्द्र राउतको मृत्यु भएको डीएसपी पण्डितले जानकारी दिए ।

     

     

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १६:४०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij