Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु


  • 2.0K
    Shares

    चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

    चितवन । मोटरसाइकल दुर्घटना हुँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका १९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा  परेर ज्यान गएको हो ।

    सन्तोषले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर-५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको चितवन प्रहरीले जनाएको छ ।

    दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो । भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत उनको सोमबार बिहान पौने तीन बजेतिर मृत्यु भएको डीएसपी पण्डितले बताए । मृतक गुरुङको शव शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

     

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १२:३५:१० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij