Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आइएमई पेले पायो 'सिसा पिसिआई डीएसएस' प्रमाणीकरण

आइएमई पेले पायो 'सिसा पिसिआई डीएसएस' प्रमाणीकरण


  • 2.3K
    Shares

    आइएमई पेले पायो 'सिसा पिसिआई डीएसएस' प्रमाणीकरण

    काठमाडौँ । आइएमई डिजिटल सोलुसनको आइएमई पेले हालै सिसा पिसिआई डीएसएस प्रमाणीकरण प्राप्त गरेको छ।

    यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतिय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले बताएको छ।

    आफ्नो स्थापनाकाल देखिनै सेवाग्रहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत पिसिआई डीएसएसको मापदण्डहरू पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

    सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिटपछि नवीकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुर्‍याएर नवीकरण गरेको छ।

    आइएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकको निजी तथा संवेदनशील जानकारीहरूको गोपनियता कायम गर्नका साथै डाटा उल्लंघन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो।

     

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - १४:२४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij