Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नक्कली नोटसहित पर्सा र चितवनबाट दुईजना पक्राउ

नक्कली नोटसहित पर्सा र चितवनबाट दुईजना पक्राउ


  • 2.5K
    Shares

    नक्कली नोटसहित पर्सा र चितवनबाट दुईजना पक्राउ

    काठमाडौं । पर्सा र चितवनबाट नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपाली नोटसहित सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

    चितवन, भरतपुर महानगरपालिका-३ शहिदचोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारत मध्यप्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई  प्रहरीले पक्राउ गरेको छ ।

    भरतपुर महानगरपालिका-१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले दिएको १ हजारको नोट नक्कली भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले सिंहको खोजी गर्ने क्रममा उक्त स्थानबाट नक्कली नोटसहित फेला पारी पक्राउ गरेको   हो ।  

     

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - १३:३६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij