Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

विमान अवतरण हुनुअघि नै एक जना यात्रु ढोका खोलिदिए पछि...

विमान अवतरण हुनुअघि नै एक जना यात्रु ढोका खोलिदिए पछि...


  • 2.3K
    Shares

    विमान अवतरण हुनुअघि नै  एक जना यात्रु ढोका खोलिदिए पछि...

    काठमाडौँ । विमान अवतरण हुनुभन्दा पहिले नै विमानको ढोका खोलिदिएपछि एक जना यात्रु पक्राउ परेका छन् ।

    दक्षिण कोरियाको दक्षिणी टापु जेजुबाट देगु अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको एसियाना एअरलाइन्सको विमानको ढोका खोलिदिएको आरोपमा झन्डै ३० वर्षका पुरुषलाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    विमानमा एक सय ९४ जना यात्रु थिए । ढोका खुले पनि विमान सुरक्षितरूपमा अवतरण भएको छ । केही यात्रुले रोक्ने प्रयास गर्दा गर्दै एक यात्रुले विमानको आपत्कालीन ढोका खोलिदिएका दक्षिण कोरियाली यातायात मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ती व्यक्तिले कुन उद्देश्यले ढोका खोले भन्नेबारे खुलाइएको छैन ।

    घटनापछि यात्रुहरू आत्तिएका थिए । श्वासप्रश्वासमा अप्ठ्यारो भएका यात्रुहरूलाई अस्पताल लगिएको छ । विमानमा बालबालिकाहरू समेत थिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

    प्रकाशित मिति :जेठ १२ २०८० शुक्रवार - १३:३५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij