Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

विमान अवतरण हुनुअघि नै एक जना यात्रु ढोका खोलिदिए पछि...

विमान अवतरण हुनुअघि नै एक जना यात्रु ढोका खोलिदिए पछि...


  • 2.2K
    Shares

    विमान अवतरण हुनुअघि नै  एक जना यात्रु ढोका खोलिदिए पछि...
    images

    काठमाडौँ । विमान अवतरण हुनुभन्दा पहिले नै विमानको ढोका खोलिदिएपछि एक जना यात्रु पक्राउ परेका छन् ।

    दक्षिण कोरियाको दक्षिणी टापु जेजुबाट देगु अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको एसियाना एअरलाइन्सको विमानको ढोका खोलिदिएको आरोपमा झन्डै ३० वर्षका पुरुषलाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    विमानमा एक सय ९४ जना यात्रु थिए । ढोका खुले पनि विमान सुरक्षितरूपमा अवतरण भएको छ । केही यात्रुले रोक्ने प्रयास गर्दा गर्दै एक यात्रुले विमानको आपत्कालीन ढोका खोलिदिएका दक्षिण कोरियाली यातायात मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ती व्यक्तिले कुन उद्देश्यले ढोका खोले भन्नेबारे खुलाइएको छैन ।

    घटनापछि यात्रुहरू आत्तिएका थिए । श्वासप्रश्वासमा अप्ठ्यारो भएका यात्रुहरूलाई अस्पताल लगिएको छ । विमानमा बालबालिकाहरू समेत थिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

    प्रकाशित मिति :जेठ १२ २०८० शुक्रवार - १३:३५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij