Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गोरखा पुगेर गृहमन्त्रीले भने : भ्रष्टाचारको जालो तोड्छौँ, जोसुकै भए पनि कारबाही हुन्छ

गोरखा पुगेर गृहमन्त्रीले भने : भ्रष्टाचारको जालो तोड्छौँ, जोसुकै भए पनि कारबाही हुन्छ


  • 2.4K
    Shares

    गोरखा पुगेर गृहमन्त्रीले भने : भ्रष्टाचारको जालो तोड्छौँ, जोसुकै भए पनि कारबाही हुन्छ

    गोरखाका कार्यकर्तासँगको अन्तरक्रियाका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोसुकै भ्रष्टाचारी भए पनि कारबाही गरिछाड्ने बताएका छन् । 

    आइतवार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको साधारणसभाको उद्घाटन गर्न गोरखा पुगेका उनले यस्तो बताएका हुन्। 

    कार्यक्रमअघि कार्यकर्ता भेटघाटका क्रममा उनले शान्तिपूर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक रहेको पनि बताए। 

    उनले सरकार, सदन र सडक तीनै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने विश्वास व्यक्त गरे।

    सामाजिक न्यायसहितको समृद्धिका लागि सरकारलाई सफल बनाउने अभियानमा सघाउन पनि उनले कार्यकर्तालाई अपिल गरे। 

    गृहमन्त्री श्रेष्ठले जोसुकै भए पनि भ्रष्टाचारीलाई नछाड्ने बताए। ‘जुनसुकै पार्टीको होस्, जोसुकै होस्, भ्रष्टाचारीलाई कारबाही हुन्छ’, उनले कार्यकर्तामाझ प्रतिबद्धता जनाए।
     
    अनुसन्धानका क्रममा माओादीकै नेता-कार्यकर्ता दोषी देखिए कारबाही गरिने श्रेष्ठले प्रतिबद्धता जनाए।
     
    माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले समृद्ध मुलुकको सपना, सामाजिक, आर्थिक रुपान्तरणसहितको समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेको बताए। 
     

     

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १७:२१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij