Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

५३५ करोड भारु बोकेको ट्रक बाटैमा बिग्रिएपछि...

५३५ करोड भारु बोकेको ट्रक बाटैमा बिग्रिएपछि...


  • 2.1K
    Shares

    ५३५ करोड भारु बोकेको ट्रक बाटैमा बिग्रिएपछि...
    images

    बुधबार भारतको तमिलनाडुस्थित चेन्नई जाने बाटोमा एउटा ट्रक बिग्रिएपछि रोकियो। बाटोमा ट्रक बिग्रिनु र रोकिनु सामान्य हो। तर उक्त ट्रकको प्रकृति फरक थियो। ट्रकले मालसामान होइन, ५३५ करोड भारु बोकेको थियो।

    घटनाको जानकारी पाएपछि तुरुन्तै प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेका थिए। प्रहरीलाई आएको फोनमा दाबी गरिएको छ कि उक्त ट्रकमा ५४५ करोड भारु थियो। गाडी विल्लुपुरमतर्फ जाने बाटोमा बिग्रिएको थियो। 

    घटनास्थलमा पुगेपछि प्रहरीले बाटोमा बिग्रिराखेको अवस्थामा ट्रक रोकिएको थियो। उक्त क्रममा प्रहरीले सम्पूर्ण घटनाको छानबिन गरी ट्रकमा रहेका व्यक्तिबाट घटनाबारे जानकारी लिएको थियो। त्यसै क्रममा ट्रकमा ट्रक वरिपरि सर्वसाधारणको भिड लाग्न थाल्यो। ट्रकमा पैसा छ भन्ने हल्ला वरपरसम्म फैलिसकेको थियो। ताम्बरमका सहायक आयुक्त श्रीनिवासन पनि प्रहरी टोलीसँगै घटनास्थल पुगेका थिए।

    जाँचबुझका क्रममा ट्रकमा भएको पैसा चेन्नईस्थितत रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को नगद पैसा भएको दाबी गरिएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ। 

    ट्रकको इन्जिनमा समस्या देखिएपछि मेकानिक पनि बोलाइएको थियो। तर ट्रक ठीक भएन। त्यसपछि प्रहरीले सुरक्षा दिएर उक्त ट्रकलाई अर्को गाडीको सहयोगमा आरबीआई पठाइएको थियो।

     

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १०:५०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij