Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन, अब प्रतिमिनेट ७ रुपैयाँ मात्र शुल्क लाग्ने

टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन, अब प्रतिमिनेट ७ रुपैयाँ मात्र शुल्क लाग्ने


  • 2.0K
    Shares

    टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन, अब प्रतिमिनेट ७ रुपैयाँ मात्र शुल्क लाग्ने

    काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनिय रुपमा कमी गर्ने भएको छ । जेठ ३ गते (मे १७ ) मा मनाइने आइटीयु डे २०२३ देखि लागू हुने गरी नयाँ महसुलदर कायम हुनेछ ।

    नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कममहसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन् । नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिमलिएर भारतकै कुनै नम्बरमा कलगर्दा प्रतिमिनेट ७ रुपैयाँ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट ७ रुपैयाँ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस ७ रुपैयाँ नै लाग्ने छ । हाल भारतको कुनै नम्बरमा कल गर्दा ३०रुपैयाँ अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रुपैयाँ र एसएमएस गर्दा २४ रुपैयाँ लाग्ने कम्पनीले जानकारी दिएको छ ।

    त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कलगर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट ५० रुपैयाँ मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रतिमिनेट २५ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस १० रुपैयाँ लाग्ने कम्पनीले जानकारी दिएको छ ।

    हाल कुनै नम्बरमा कलगर्दा १३५ रुपैयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रुपैयाँ लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्छ । साथै डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव ५ रुपैयाँ मात्र लाग्ने छ ।

    अन्य देशमा जाँदा÷रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कलगर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ कम्पनीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - ०७:१९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij