Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

नक्कली शरणार्थी प्रकरणका भिआइपी जोगाउन लबिङ

नक्कली शरणार्थी प्रकरणका भिआइपी जोगाउन लबिङ


  • 2.6K
    Shares

    नक्कली शरणार्थी प्रकरणका भिआइपी जोगाउन लबिङ
    images

    नेपालीलाई नक्कली भुटानी शरणाथा बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका भिआइपीलाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ । ठगी गिरोहप्रतिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र सरकारका उच्च पदस्थ अधिकारीतर्फ पनि सोझिएपछि उनीहरूलाई बचाउन शीर्ष तहका नेताहरूले मोलमोलाइ गर्न थालेका हुन् ।

    शक्ति केन्द्रदेखि लिएर सत्ता र प्रतिपक्षीबीच मोलमोलाइ सुरू भएको स्रोत बताउँछ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा ठगी गरिरहेको गिरोहका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । अहिलेसम्मको अनुसन्धानले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (यसअघि गृह मन्त्रालयका सचिव), एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, उनका छोरा निरजसहितको संलग्नता देखाएको छ ।

    सचिव पाण्डे, पूर्वसुरक्षा सल्लाहकार राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइसकेको छ । टोपबहादुर रायमाझी, प्रतीक थापा, निरज राईविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

    प्रकाशित मिति :बैशाख २२ २०८० शुक्रवार - ०५:५७:३७ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij