Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आज पनि रोकिने छैन झरी, यस्तो छ दिनभर मौसमको अवस्था

आज पनि रोकिने छैन झरी, यस्तो छ दिनभर मौसमको अवस्था


  • 2.6K
    Shares

    आज पनि रोकिने छैन झरी, यस्तो छ दिनभर मौसमको अवस्था

    पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा बदली रहने छ।

    जल तथा मौसम विज्ञान विभागकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दिपायललगायत थोरै स्थान र अन्य पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ। महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलकाअनुसार यो क्रम दुई-तीन दिन अझै लम्बिनेछ।

    ‘तीन–चार दिनअघिसम्म अत्यधिक गर्मी बढेको थियो। त्यो रोकिएर चिसो महसुस भएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै केही दिन रहनेछ,’ उनले सेतोपाटीसँग भने,‘ठूलो पानी परेर भेलबाढी आउने खतरा त छैन तर देशका विभिन्न भागमा हल्का वर्षा भने भइरहने छ।’

    मंगलबार दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। त्यस्तै ती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना रहेको छ ।  

    प्रकाशित मिति :बैशाख १९ २०८० मंगलवार - ०७:०३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij