२०८२ माघ ७ गते बुधवार
नबिल बैंक लिमिटेडले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ।
बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलोपटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो। यस क्रेडिट कार्डका ग्राहकलाई अरु कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्क नलाग्ने नबिल बैंकले जनाएको छ।
यो कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधा प्राप्त गर्न सक्नेछन्।
यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन्। ‘हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकलाई पहिलेभन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ’, उनले भनिन्।
नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकले यो कार्डका लागि आवेदन दिन सक्नेछन्। कार्डका लागि आवेदन दिन ग्राहकले नबिल बैंकको वेबसाइटमा गएर वा देशभरका २५६ शाखामध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन्।
यो योजना सीमित अवधिका लागिमात्र लागू हुने बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij