Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरमा आकर्षक छुट

सिटिजन्स बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरमा आकर्षक छुट


  • 2.1K
    Shares

    सिटिजन्स बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरमा आकर्षक छुट

     सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालिबीच सम्झौता भएको छ ।

    सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अल्फा हेल्थ केयमा विशेष छुट हुने छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा २५% सम्मको आकर्षक छुट पाउनेछन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको सिटिजन्स बैंकले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १६:३९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij