२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औंसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।
नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै आज चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन्।
मातातीर्थ औंसी (आमाको मुख हेर्ने औंसी) का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij