Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बिस्केट जात्राका अवसरमा टोखामा आज सार्वजनिक बिदा

बिस्केट जात्राका अवसरमा टोखामा आज सार्वजनिक बिदा


  • 2.2K
    Shares

    बिस्केट जात्राका अवसरमा टोखामा आज सार्वजनिक बिदा

    काठमाडौं । बिस्केट जात्राका अवसर पारेर टोखा नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

    टोखा नगरपालिकाको दशौं कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए  ।

    बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहने प्रमुख अधिकारीले बताए । काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्राको ऐतिहासिक महत्वसमेत रहेको छ ।

    सामाजिक सद्भावका साथ मनाइने टोखाको बिस्केट जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसानकाली र चण्डेश्वरी लगायतका देवीदेवतालाई नारायण पोखरीमा स्नान गराउने चलन रहेको छ । यही वैशाख १ गतेदेखि सुरु भएको बिस्केट जात्राको अन्तिम दिन वैशाख ४ गते देवीदेवताहरूलाई आ–आफ्नो स्थानमा विराजमान गराउने चलन छ ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - ०७:१२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij