Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

दुबईको एक आवासीय भवनमा आगलागी, १६ जनाको मृत्यु

दुबईको एक आवासीय भवनमा आगलागी, १६ जनाको मृत्यु


  • 2.3K
    Shares

    दुबईको एक आवासीय भवनमा आगलागी, १६ जनाको मृत्यु
    images

    काठमाडौँ । दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

    शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आगलागी भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

    दुबई संयुक्त अरब इमिरेट्सका सात इमिरेट्स मध्येको  एक हो । यहाँ करिब ३३ लाख जनसङ्ख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी छन् । आगालागीमा ज्यान गुमाएका तथा घाइतेभएकाको  राष्ट्रियता भने खुलाइएको छैन ।

    सन् २०१७ देखि दुबईका अधिकारीहरूले आगोको जोखिम कम गर्न  भवन नियममा कठोर प्रावधानको व्यवस्था घोषणा गरेका छन् । मुख्यतया भवनको बाहिरी आवरणमा प्रयोग हुने ज्वलनशील सामग्रीहरूलाई लिएर कडा नियम ल्याइएको हो । 
     

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - ११:११:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij