Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालमा कोरोना: आज थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिए

नेपालमा कोरोना: आज थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिए


  • 2.2K
    Shares

    नेपालमा कोरोना: आज थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिए

    मंगलबार कोरोना भाइरस सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंगलबार दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय जनामा सङ्क्रमण देखिएको छ । यस्तै,  ४८ जना उपचारपछि घर फर्किएका छन् ।

    मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्दै जाने बताएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसीयू) मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् ।

    नेपालमा पनि छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ ।

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १५:४६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij