२०८२ कार्तिक १८ गते मंगलवार
                                                    पछिल्लो २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।
यद्यपि पछिल्ला केही दिनमा कोभिड सङ्क्रमण बढेको पाइएको छ । अप्रिल १ मा दैनिक २,९९४, अप्रिल २ मा ३,८२४, अप्रिल ३ मा ३,६४१, अप्रिल ४ मा ३,०३८, अप्रिल ५ मा ४,४३५, अप्रिल ५,३३५ जनामा नयाँ सङ्क्रमण देखिएको थियो ।
यसैगरी सक्रिय सङ्क्रमितको हालको सङ्ख्या ३२ हजार ८१४ रहेको छ । आइतबारसम्म दैनिक सकारात्मकता दर ३.३९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij