Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मधेश सरकारले पनि ‘जनयुद्ध’ दिवसमा बिदा दिने, यी हुन् २०८० का ११ सार्वजनिक बिदा

मधेश सरकारले पनि ‘जनयुद्ध’ दिवसमा बिदा दिने, यी हुन् २०८० का ११ सार्वजनिक बिदा


  • 2.7K
    Shares

    मधेश सरकारले पनि ‘जनयुद्ध’ दिवसमा बिदा दिने, यी हुन् २०८० का ११ सार्वजनिक बिदा

    जनकपुरधाम । मधेश सरकारले ‘जनयुद्ध’ दिवसमा पनि बिदा दिने भएको छ ।

    मधेश प्रदेशका गृह तथा संचार मन्त्रालयले चैत्र २० गते २०८० वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म दिने बिदाहरुबारे राजपत्रमा प्रकाशित गरेको सूचनामा ‘जनयूद्ध दिवस’ पनि समेटिएको छ । सूचनामा ०८० फाल्गुन १ मा जनयूद्ध दिवस दिने उल्लेख छ ।

    मधेश प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि नेपाल राजपत्र भाग ५ मा मिति २०७९ चैत्र २ गते प्रकाशित नेपाल सरकार गृह मन्त्रालयको सूचनामा उल्लेखित बिदाको अतिरिक्त थप बिदा दिएकोले यो सूचना प्रकाशन गरिएको छ- राजपत्रमा उल्लेख छ ।

    राजपत्रमा वैशाख २ मा सिरुवा पर्व, वैशाख १६ मा जानकी नवमी, मंसिर ४ मा छठ पर्व, पौष १ मा विवाह पंचमी, माघ ५ मा बलिदानी दिवस, चैत्र १३ मा होली र चैत्र २१ मा रामनवमीसहित ११ वटा विदा समेटिएको छ । यस्तै ईद उल फित्र, ईद उल अजाह र पैगम्बर मोहम्मद जन्मदिनको अवसरमा पनि विदा दिनेछ । 

    12.jpg13.jpg

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - २०:४०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij