Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

पोखरामा १८औँ फेवा नववर्ष महोत्सव हुने, होटलले २० प्रतिशतसम्म छुट दिने

पोखरामा १८औँ फेवा नववर्ष महोत्सव हुने, होटलले २० प्रतिशतसम्म छुट दिने


  • 2.5K
    Shares

    पोखरामा १८औँ फेवा नववर्ष महोत्सव हुने, होटलले २० प्रतिशतसम्म छुट दिने
    images

    काठमाडौं । होटेल एसोसिएसन अफ नेपाल पोखराले नयाँ वर्षमा ‘१८औँ फेवा नयाँ वर्ष महोत्सव २०८०’ मनाउँदै छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो । उक्त महोत्सवको समयमा पोखरा जाने पर्यटकलाई होटेलहरूमा २० प्रतिशत छुट हुनेछ ।

    नयाँ वर्ष लक्षित महोत्सवमा लाइभ म्युजिक, स्थानीय सांस्कृतिक झल्कने खालका र्‍याली, झाँकी र खानाका परिकारहरू पाउने टान पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

    यस महोत्सवले कोरोना महामारी पनि विस्तारै लयमा फर्किदै गरेका पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास दिएको अध्यक्ष सुवेदीले जानकारी दिए । महोत्सव चैत २९ देखि वैशाख १ गतेसम्म आयोजना हुने छ ।

    पोखराको लेकसाइडस्थित फिस्टल थेटदेखि हल्लन चोकसम्मको सडकमा फेवा नयाँ वर्ष महोत्सव हुने टान पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

    नयाँ वर्षमा पोखरामा ४० देखि ५० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको टानका केन्द्रीय सदस्य भरतराज पराजुलीले बताए ।

    महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरूको उजागर र प्राकृतिक सम्पदाहरूको प्रवर्द्धन गर्ने टान पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १५:४६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij