Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?


  • 2.2K
    Shares

    प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?
    images

    काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार विहान नेता मिनेन्द्र रिजाललाई साथमा लिएर नेता कोइराला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । 

    प्रधानमन्त्री र नेता कोइरालाबीच मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए । उनले भने, ‘कांग्रेस र जसपाले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । पार्टीभित्र मिलाएर चाँडो मन्त्रीको नाम पठाइदिन भन्नुभयो ।’ 

    नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर चाँडै मन्त्रीको नाम पठाउने बताएका थिए । कोइरालाले जनमतका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालय कांग्रेसले पाउनुपर्ने माग राखेका थिए । सभापति देउवाले आफ्नो समूहलाई  दुई मन्त्रालयको मात्र प्रस्ताव गरेपछि मन्त्रीको नाम पठाउन समस्या भएको कोइरालाको भनाइ थियो । बिहीबार साँझ सभापति देउवासँग भेटवार्ता गरेका उनी शुक्रबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ । 

    कांग्रेसभित्र गुटगत विवादका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।

    देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । गुरुङ र लिम्बुलाई मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखे ।  शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए ।
     
    प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ  । शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा छन् । आफ्नो पक्षबाट नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ । दुई मन्त्री र एक राज्यमन्त्री दिने देउवाको प्रस्तावमा नेता शेखर कोइराला सकारात्मक छन् । महामन्त्री थापा भने देउवाको उक्त प्रस्ताव स्वीकार गर्ने पक्षमा छैनन् ।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १३:४०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij