Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

संसदमा उठाएका विषय सरकारले नसुनेकाे भन्दै शून्य समयमा रास्वपा सांसद ढकालले गरे माैनधारण

संसदमा उठाएका विषय सरकारले नसुनेकाे भन्दै शून्य समयमा रास्वपा सांसद ढकालले गरे माैनधारण


  • 2.1K
    Shares

    संसदमा उठाएका विषय सरकारले नसुनेकाे भन्दै शून्य समयमा रास्वपा सांसद ढकालले गरे माैनधारण
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शून्य समयमा मौनधारण गरेका छन् । सांसदहरुले संसद्‍मा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले शून्य समयमा मौनधारण गरेका हुन् । 

    ‘सम्माननीय सभामुख महोदय,...यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ । धन्यवाद,’ उनले भने ।

    प्रतिनिधिसभा नियमावली अनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । सोही समयमा बोल्न उभिएका सांसद ढकालले भने ‘सम्माननीय सभामुख महोदय,...’भनेर मौन बसे र पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाइ अन्त्य गरेका थिए ।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १३:३०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij