२०८२ भाद्र २ गते सोमवार
सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको दरवारमार्ग शाखाबाट शुरु गरेको Kiosk सेवा अन्य स्थानमा पनि विस्तार गरेको छ ।
शनिबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले काठमाडौँको कलंकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगन्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा यो सेवा शुभारम्भ गरे ।
बैंकले कोशी प्रदेशको कर्सिया,मधेस प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरी एकसाथ ५ शाखामा एटिएम सेवाको समेत विस्तार गरेको छ । साथै निकट भविष्यमा यस्ता सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको व्यहोरा प्रमुख कार्यकारी अधिकृतले बताए ।
Kiosk सेवा मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij