Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

छोराको शुल्क तिर्न आमाको तिलहरी धितो

छोराको शुल्क तिर्न आमाको तिलहरी धितो


  • 6.0K
    Shares

    छोराको शुल्क तिर्न आमाको तिलहरी धितो
    images

    भनिन्छ - आमा महान् हुन् । कोहलपुर- २, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन् ।

    कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छिन् । 'घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,' उनले भनिन्, 'शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन । अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ।' शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन् । तर गाउँमा मान्छे मरेकाले उनले सोचेअनुसार हुन सकेन । उनले भनिन्, 'गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन। खसी विक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ ।'

    उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरका विद्यार्थी हुन् । एउटा छोरा नवीनबहादुरको स्वास्थ्य अवस्था कमजोर छ । कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि अर्का छोरा पृथीवहादुरले भने एसइई दिन पाउने भएका हुन् ।

    'विद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेलाबेला खबर आउँथ्यो,' उनले भनिन्, 'तर के गर्नु गरिबीले गर्दा तिर्न सकेकी थिइनँ ।' अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखेर शुल्क तिरेको उनले बताइन् । यो समाचार नागरिक दैनिकमा छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - ०६:३३:३३ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij