Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

डलर दुई हप्तायताकै सस्तो

डलर दुई हप्तायताकै सस्तो


  • 1.8K
    Shares

    डलर दुई हप्तायताकै सस्तो
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको विक्रीदर बुधवार पुनः १३१ रुपैयाँ ८१ पैसामा झरेको छ ।

    मंगलवार राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ १० पैसा थियो । बैंकहरूले भने १३१ रुपैयाँ ७० पैसादेखि १३१ रुपैयाँ ९० पैसाको बीचमा रहेर डलर विक्री गरेका थिए । यसले पनि बुधवार डलरको मूल्य घट्ने संकेत गरिसकेको थियो ।

    गत चैत ३ गते १३२ रुपैयाँ ६८ पैसासम्म उक्लिएको डलरको भाउ डेढ हप्ताको बीचमै उच्चतम विन्दुबाट ८७ पैसा घटिसकेको छ । अमेरिकी डलरसँगै चिनियाँ युआनको विक्रीदर पनि घटेको छ । तर, युआनको मंगलवार र बुधवारको विक्रीदरमा चार पैसाको मात्रै फरक छ । मंगलवार १९ रुपैयाँ १९ पैसा रहेको चिनियाँ युआनको विक्रीदर बुधवार १९ रुपैयाँ १५ पैसामा झरेको छ ।

    बुधवार युरोको विनिमय दर भने बढेको छ । बुधवारका लागि युरोको विक्रीदर १४२ रुपैयाँ ६२ पैसा तोकिएको छ । मंगलवार युरोको विक्रीदर १४२ रुपैयाँ २१ पैसा तोकिएको थियो । बैंकहरूले भने १४१ रुपैयाँ ९१ पैसादेखि १४२ रुपैयाँ ९१ पैसाको बीचमा रहेर युरो विक्री गरेका थिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - ०५:४६:१६ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij