Logo

२०८२ आश्विन ३१ गते शुक्रवार

२०८२ आश्विन ३१ गते शुक्रवार

१६ जनाको दरबन्दी भएको ठाउँमा ५४ जना कार्यरत, तलब खुवाउनै धौ धौ

१६ जनाको दरबन्दी भएको ठाउँमा ५४ जना कार्यरत, तलब खुवाउनै धौ धौ


  • 2.1K
    Shares

    १६ जनाको दरबन्दी भएको ठाउँमा ५४ जना कार्यरत, तलब खुवाउनै धौ धौ
    images

    टीकापुर । कैलालीको धनगढी उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत हुँदा तलब खुवाउन समस्या भएको छ । उपमहानगरमा दरबन्दीभन्दा धरै कर्मचारी थपिन पुग्दा त्यहाँ कार्यरत स्वास्थ्यका कर्मचारीले ६ महिनादेखि तलब खान पाएका छैनन् ।

    उपमहानगरमा कर्मचारी समायोजन हुँदा १६ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी कायम गरिएकोमा ५४ जना स्वास्थ्य सेवाका कर्मचारी पुगेपछि ६ महिनादेखि तलबभत्ता रोकिएको छ । कर्मचारी समायोजन ऐन, २०७४ अनुसार कायम गरिएको दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् । उपमहानगरपालिकाले जथाभावी सरुवाको सहमति दिएपछि अहिले स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन समस्या भइरहेको छ ।

     

    नगरप्रमुख गोपाल हमाललाई नियमित तलबभत्ता पाउनुपर्ने माग गर्दै कर्मचारीले ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । कर्मचारी समायोजन ऐनअनुसार धनगढीमा १६ जनाको दरबन्दी हो तर अहिले सरुवा सहमति लिएर कर्मचारी आउँदा यो संख्या बढेर ५४ पुगेपछि समस्या भएको उनले बताए । असोजपछि कसैले पनि तलबभत्ता नपाएको उनले गुनासो गरे । लामो समयदेखि तलबभत्ता नपाएपछि उनीहरूले आइतबारदेखि कार्यालयमा हाजिर गर्ने तर काम नगर्ने चेतावनी दिएका छन् । नियमित तलबभत्ता नपाउँदासम्म कालोपट्टी बाँधेर धर्ना दिने कर्मचारीको चेतावनी छ ।

    नगरप्रमुख हमालले ६ महिनादेखि स्वास्थ्य सेवाका कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेको स्वीकारे । संघीय सरकारसँग तलबभत्ता निकासा गर्न आवश्यक पहल भइरहेको उनको भनाई छ । अहिले संघीय सरकारले तलबभत्ताका लागि बजेट नपठाएको बताए । स्वास्थ्य सेवाका कर्मचारीले तलबभत्ता नपाएको भन्दै दुई पटक स्वास्थ्य मन्त्रालयमा गएर कुरा गरे पनि रकम प्राप्त नभएको बताए । दरबन्दीभन्दा बढी कर्मचारी हुँदा समस्या भएको उनले बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

    प्रकाशित मिति :चैत्र १२ २०७९ आइतवार - ०५:२०:५१ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij