Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

मोदीको मानहानी गरेको आरोपमा गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

मोदीको मानहानी गरेको आरोपमा गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय


  • 2.2K
    Shares

    मोदीको मानहानी गरेको आरोपमा गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
    images

    भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।

    गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।

    एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? सबै चोरको थर मोदी किन हुन्छ ?’ भनी बोलेका थिए । राहुलले २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा सो अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।

    चार वर्षअघि दायर मुद्दामा बिहीबार अदालतले राहुललाई दोषी ठहर गरेको हो । सो फैसला आउँदा राहुल अदालतमा उपस्थित थिए । गुजरात कांग्रेसका थुप्रै नेताहरू उनीसँग थिए । बाहिर समर्थकहरूले उनको पक्षमा नारा लगाइरहेका थिए । फैसला अनुसार गान्धी एक महिनासम्म पक्राउ पर्ने छैनन् । यो बीचमा उनले पुनरावेदन गर्न सक्नेछन् ।

     

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १२:२४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij